कुमारी बैंंकका ग्राहकलाई बनेपा डेन्टल क्यरमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल क्यरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटिएम, ४५ शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिवद्धता जनाएको छ ।








प्रतिक्रिया