मंगलबार, पुष १, २०८२

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एककाे मृत्यु, २६ जनाभन्दा बढी घाइते, तीनकाे अवस्था गम्भीर

नेपालखोज २०७९ असार १९ गते २१:२७

हेटाैंडा । मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।

आज साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नंको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जनाइएको छ । गम्भीरसहित सबै घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया