टन्टलापुर घाम, बीउ उखेल्ने चटारो ! (तस्बिसहित)
नेपालखोज
२०७९ असार २० गते १५:१२

तनहुँ । असारे महिना, मानो रोपेर मुरी उब्जाउने बेला हो यो । देशभरका किसान यतिबेला धान रोप्न र बीउ काढ्न व्यस्त छन् । सहि नसक्नुको टन्टलापुर घाम अनि मुसलधारे वर्षाको पर्वाह नगरी किसान धानखेती गर्न व्यस्त छन् । महिला–पुरुष दुवै आजभोलि मिलीजुली धानखेती गर्न खेतमा पुग्ने गरेका छन् ।

यसैबीच, तनहुँको व्यास नगरपालिका १ मा पनि रोपाइँको चटारो छ । टन्टलापुरे घामको पर्वाह नगरी किसान बीउ उखेल्न र रोपाइँ गर्न व्यस्त छन् । पुरुष जोत्न र बाउसे गर्न बढी व्यस्त देखिन्छन् भने महिलालाई बीउ उखेल्न र रोप्न भ्याइनभ्याई छ ।-रासस
सम्बन्धित

प्रतिक्रिया