शनिबार, जेठ ५, २०८१

‘प्रोफिट बुकिङ’ले बजार खस्कियो, ९ अंकले नेप्से घट्दा ४ अर्ब ३४ करोडको कारोबार

नेपालखोज २०७९ असार २० गते १५:५२

काठमाडौं । अघिल्लो दिन ५७ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने घटेको छ । नेप्से आज नौ दशमलव ७५ अंकले घटेर दुई हजार ७६ दशमलव ६७ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६८ अंकले घटेर तीन सय ९६ दशमलव १५ अंकमा झरेको छ ।

दुई सय ३४ कम्पनीको ७५ हजार सात सय ९० पटकको कारोबारमा एक करोड नौ लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँ २१ पैसा पुगेको छ ।

सुरुमा बजार बढे पनि लगानीकर्ताले प्रोफिट बुकिङ गर्दा नेप्से ओरालो लागेको हो । हिजो (आइतबार) ट्रेन्डको कनफर्मेसन आएपछि सोमबार थप बजार बढेको थियो । तर अन्त्यमा बजार ९.७५ अंक घटेर २०७६.६७ अंकमा बन्द भयो । तथापि सोमबारसम्म बजारमा न्युनतम् विन्दुबाट १२.३४ प्रतिशतको वृद्धि कायमै छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चार समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव १९ अंकले घटेर १३ सय ८७ दशमलव ८६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ५२ दशमलव ९६ अंकले घटेर तीन हजार पाँच सय ५४ दशमलव २२ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि १३ दशमलव २३ अंकले घटेर २३ सय ९१ दशमलव ८४ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, लगानी, लघुवित्त र अन्य समूहहरूको सूचक पनि घटेका छन् । जीवन बिमा समूहको सूचक भने ५५ दशमलव दुई अंकले बढेर १० हजार एक सय ६१ दशमलव २७ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ४८ दशमलव ९२ अंकले बढेर आठ हजार पाँच सय ६ दशमलव ४२ अंकमा चढेको छ । यीबाहेक सामूहिक लगानी कोष र ट्रेडिङ समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय तीन रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोबल आईएमई बैंंक्को ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ७५ प्रतिशतले घटेर आठ रुपैयाँ ३३ पैसा अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता प्रतिकित्ता आठ सय २६ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब ७५ करोड ८८ लाख ३२ हजार तीन सय ७१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया