सुनको मूल्य सामान्य बढ्याे, चाँदीको घट्यो
नेपालखोज
२०७९ असार २१ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन भाउ बढेको छ भने चाँदी घटेको छ । छापावाल सुन प्रतितोला १ सयले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ १ सयले बढेको छ । आज प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९७ हजाज रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी पनि प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया