शनिबार, असार ७, २०८२

आर्थिक संकटको मारमा भारत, पूरा होला त विश्वमै तेस्रो धनी हुने आकांक्षा ?

नेपालखोज २०७९ असार २१ गते १३:११

नयाँदिल्ली । भारतको व्यापार घाटा लगातार बढिरहेको छ । व्यापार घाटा भन्नाले आयात बढी र निर्यात कम भइरहेको छ । यसको मतलब विदेशी मुद्रा सञ्चिति भर्नुभन्दा खाली हुनु धेरै छ । यो भारतीय अर्थतन्त्रका लागि राम्रो होइन । जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ ।

जुनमा भारतको व्यापार घाटा २५.६३ अर्ब डलर पुगेको छ । जुनमा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको छ । योसँगै भारतको निर्यातमा १६.८ प्रतिशतले वृद्धि भएको छ । गत महिना भारतको निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । भारतको कोइला आयात तीन गुणाले बढेको छ ।

योसँगै सुनको आयातमा १६९ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड डलर नाघेको छ । पेट्रोलियम आयात पनि ९४.२ प्रतिशतले बढेको छ । असारमा गैरपेट्रोलियम आयातको अंश ४२.८४ अर्ब डलर रहेकोमा ३६.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ चाँदीलगायत महँगो धातुको आयात पनि ३१.७ प्रतिशतले बढेको छ ।

इक्राका प्रमुख अर्थशास्त्री अदिती नायरले भारतीय सञ्चारमाध्यमलाई बताइन्, ‘सुनको आयातमा अपेक्षित कमी आए पनि व्यापारिक व्यापार घाटा निराशाजनक छ । सन् २०२२/२३ को पहिलो त्रैमासिकमा चालु खाता घाटा दोब्बरले बढेर ३० अर्ब डलर पुगेको छ । अघिल्लो त्रैमासिकमा यो घाटा १३ अर्ब डलर थियो ।’ भारतका शीर्ष १० निर्यात गर्ने उत्पादनमा गिरावट आएको छ ।

गत वर्ष, इन्जिनियरिङ सामानहरू निर्यातमा प्रमुख योगदानकर्ता थिए । ती सामानको निर्यात १.६% ले घटेको थियो । औषधि र औषधि उत्पादनको निर्यात पनि १.३ प्रतिशतले घटेको छ । कपास र ह्यान्डलुम उत्पादनको निर्यात २२.५ प्रतिशतले घटेको छ । योसँगै प्लास्टिक र लिनोलियमको निर्यात पनि २३.२ प्रतिशतले घटेको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार भारतको सेवा क्षेत्रको निर्यात जनवरीमा २६.९१ अर्ब डलर रहेको छ, जुन गत वर्षको तुलनामा ५५ प्रतिशत र जनवरी २०२० को तुलनामा ४६.६ प्रतिशतले बढी हो । सेवा क्षेत्रको निर्यात १५.८ बिलियन डलरबाट वार्षिक ६०.३ प्रतिशतले बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रको आकार पाँच ट्रिलियन डलरको हुने आकांक्षा राखेका छन् । जापान ४.९७ ट्रिलियन डलरसहित तेस्रो र जर्मनी ३.९९ ट्रिलियन डलरसहित चौथो नम्बरमा छ । मोदीको पाँच ट्रिलियन डलरको सपना पूरा भयो भने भारत तेस्रो नम्बरमा आउनेछ । तर यो त्यति सजिलो छैन । भारत हाल २.७३ ट्रिलियन डलरको साथ छैटौं नम्बरमा छ ।

प्रतिक्रिया