मंगलबार, पुष १, २०८२

प्रतिशा भइन् राष्ट्रव्यापी वक्तृत्त्व प्रतियोगिताको विजयी

नेपालखोज २०७९ असार २१ गते २१:२९

काठमाडौं । प्रतिशा जोशी कल्चर थ्रु द आइज अफ युथ–२०२२ वक्तृत्त्व प्रतियोगिता २०७९को विजेता भएकी छन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत जोशी प्रथम भएकी हुन् । बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत प्रेरणा थापा तृतीय भएका छन् ।

प्रतियोगितामा ग्रेसी न्यौपाने (नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुबदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाइमा संस्कृति–२०२२’ (कल्चर थ्रु द आइज अफ युथ–२०२२) वत्तृmत्व प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मा. वि., धनगढी, कैलाली)ले हासिल गरेका छन् ।

तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता थियो । युवालाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रममा नेपालका लागि अस्टे«लिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, डा. पल्वसा हैदर, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिजिई राजेन्द्र धोजू, डिजिएन राजेन्द्र मान शेरचन, दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधान, साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसी, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान, कपिलदेव रेग्मीलगायत प्रतियोगी तथा विद्यार्थी उपस्थित थिए ।

कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्याङ्कन गरिएको थियो । समूहगत मूल्याङ्कन समितिमा नेपालका लागि अस्ट्रेलिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, डा. पल्वसा हैदर, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान र कपिलदेव रेग्मी रहेका थिए ।

प्रतिक्रिया