सन्दीपले लंका प्रिमियर लिग खेल्ने
नेपालखोज
२०७९ असार २१ गते २१:४२

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी २० क्रिकेटमा डम्बुला जायन्ट्सबाट सन्दीपले खेल्ने पक्का भएको हाे ।
एलपीएलको ड्राफ्टमा डम्बुलाले उनलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । उनी ४० हजार डलरमा डम्बुलामा अनुबन्ध भएको जनायएको छ । लंका प्रिमियर लिग जुलाई ३१ देखि अगस्ट २१ तारिखसम्म चल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया