बुधबार, वैशाख १७, २०८२

सफलता पाउन गर्नूस् यस्ता महत्त्वपूर्ण कार्य !

नेपालखोज २०७९ असार २२ गते ५:००

हिन्दुधर्म दर्शन तथा वास्तुशास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दिशा, बार, ग्रह आदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा सफलता मिल्नेछ ।

– कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्त्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्त्व हुँदैन ।

– मंगलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन । बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।

– उत्तर एवं पूर्वबाट अग्निको सामान हटाएर दक्षिण-पूर्व कोणमा राख्दा लगभग घरको सबै काम-कुरा ठीक हुँदै जानेछन् ।

– दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।

– सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ ।

– विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् ।

– हजुरको पछाडि, झयाल, ढोका या खुला हुनु हुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ ।

– दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।

– दक्षिण- पूर्व कोणमा बस्दा मान-सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ ।

– दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।

प्रतिक्रिया