प्राइम लाइफले बाँड्यो विद्यार्थीलाई झोला

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरको खाट मन्दिर आधारभूत विद्यालयमा अध्यनरत ३५० विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ । साथै भवन निर्माणका लागि पनि तीन लाख रुपैयाँ सहयोगसमेत गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोग झोला र रकम हस्तान्तरण गरिएको हो । डा. खड्काकै पहलमा कम्पनीले सहयोग गरेको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री खड्काले आफ्नो गृहवडाका विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि सक्दो सहयोग गर्ने पनि बताए । साथै कम्पनीलाई आफ्नो पहलमा सहयोग गरेकामा धन्यवादसमेत दिए ।
कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बिमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरी नै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि संवेदनशील भएकाले सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।

स्कुल व्यवस्थापन समिति अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले थप हौसला मिलेको बताए । उनले मन्त्री खड्का तथा कम्पनीलाई धन्यवादसमेत दिए । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरिबहादुर खड्का, विकास अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थीलगायत विभिन्न क्षेत्रका ५०० भन्दा बढी व्यक्तित्वको सहभागिता थियो ।








प्रतिक्रिया