आइतबार सार्वजनिक बिदा
नेपालखोज
२०७९ असार २२ गते १४:३०

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का अवसरमा सरकारले आइतबार (असार २६ गते) सार्वजनिक बिदा घोषणा गरेको छ ।
गृह मन्त्रालयले आज (बुधबार) विज्ञप्ति जारी गर्दै आइतबार देशभर सार्वजनिक बिदा दिने जनाएको हो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राजपत्रमा मिति २०७८/११/२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व वि.सं. २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित








प्रतिक्रिया