अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने

नेपालखोज २०७९ असार २२ गते २०:२४

काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् । जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने गरी तोकेको जनाएको छ ।

प्रतिक्रिया