लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ असार २३ गते ६:०७

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएकाे छ । साथै प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

प्रतिक्रिया