शनिबार, जेठ ५, २०८१

१६ अंकले नेप्से घट्दा १ अर्ब ८० करोडको कारोबार

नेपालखोज २०७९ असार २३ गते १५:४५

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन १३ अंकले बढेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) भने १६ दशमलव ६ अंकले घटेर दुई हजार २७ दशमलव ३२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४२ अंकले घटेर तीन सय ८५ दशमलव ४९ अंकमा झरेको छ ।

दुई सय २९ कम्पनीको ३१ हजार दुई सय ७६ पटकको कारोबारमा ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख चार हजार सात सय ६५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ५७ अंकले घटेर १३ सय ६० दशमलव ६१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक भने ४६ दशमलव २१ अंकले घटेर तीन हजार चार सय ७९ दशमलव ८१ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि १५ दशमलव ९३ अंकले घटेर २३ सय ५७ दशमलव ८९ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ३३ दशमलव ६७ अंकले घटेर आठ हजार एक सय ९७ अंकमा झरेको छ । यस्तै जीवन बिमा समूहको सूचक एक सय १५ दशमलव १७ अंकले घटेर १० हजार एक सय दशमलव १५ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आरबीबी म्युचुअल फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९३ प्रतिशतले बढेर आठ रुपैयाँ ४६ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव २० प्रतिशतले घटेर आठ सय १५ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको प्रतिकित्ता १५ सय २५ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ६५ लाख ८९ हजारा नौ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया