बैंक तथा फाइनान्सद्वारा मधेस प्रदेशमा ४४ अर्ब ६८ करोड रुपैयाँको सहुलियत कर्जा

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले मधेस प्रदेशमा मात्र ४४ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थितिसम्बन्धी आर्थिक वर्ष ०७८/७९ को प्रथम अर्धवार्षिक अवधिको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा आठ अर्ब ५७ करोड रहेको थियो । समीक्षा अवधिमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जासरह सहुलियतपूर्ण कर्जा प्रवाह हुनु प्रमुख कारण देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी २६ अर्ब ११ करोड अर्थात् ५८ दशमाव ४४ प्रतिशत धनुषामा र सबैभन्दा कम ९७ करोड अर्थात् दुई दशमलव १७ प्रतिशत सप्तरीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार पर्सा जिल्लामा पाँच दशमलव ५९ प्रतिशत अर्थात २५ करोड, बारामा पाँच दशमलव ६५ प्रतिशत अर्थात् २५ करोड ३० लाख, रौतहटमा तीन दशमलव २२ प्रतिशत अर्थात् १४ करोड ४० लाख, सर्लाहरुमा आठ दशमलव पाँच प्रतिशत अर्थात् ३६ करोड, महोत्तरीमा चार दशमलव १२ प्रतिशत अर्थात १८ करोड ४० लाख, सिराहमा १२ दशमलव ७७ प्रतिशत अर्थात ५७ करोड एक लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह भएको छ ।
यस्तो छ सहुलियत कर्जा प्रवाहसम्बन्धी विवरण


प्रतिक्रिया