आइतबार, वैशाख २८, २०८२

त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम स्कटल्याण्ड प्रस्थान

नेपालखोज २०७९ असार २४ गते ६:४१

काठमाडाैं । स्कटल्याण्डमा हुने आईसीसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको छ । क्यानडामा अभ्यास खेलकालागि एक साताभन्दा बढिको समय बिताएको नेपाली क्रिकेट टिम त्यहिबाट स्कटल्याण्ड गएको हो । 

नेपालले स्कटल्याण्डमा प्रशिक्षण गरेर प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले स्कटल्याण्डमा नामिबिया र घरेलु टिमसँग खेल्नेछ । जसमा नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग रहेको छ ।

त्यसपछि १३ तारिखमा स्कटल्याण्डसँग खेल्नेछ । नेपालको तेस्रो खेल १६ जुलाईमा नामिबियासँग रहेको छ । त्यसपछि अन्तिम खेलमा नेपालले घरेलु टिमसँग जुलाई १७ मा खेल्नेछ । 

प्रतिक्रिया