प्रतिनिधिसभाको बैठक आज पनि

नेपालखोज २०७९ असार २४ गते ७:१२

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजेसंघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची रहेकाे छ । 

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया