जापानका पूर्वप्रधानमन्त्री सिन्जोमाथि गोली प्रहार, अवस्था चिन्ताजनक
नेपालखोज
२०७९ असार २४ गते ९:४९

काठमाडाैं । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो । गोली लागेपछि उनी ढलेका थिए । उनको शरीर रक्ताम्मे देखिएको थियो ।
समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे ‘मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा’ भएको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया