पुटिनले भने- जेलेन्स्कीले जिद्दी गरे, युक्रेनको अस्तित्व खतरामा पार्दै छन्

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन पश्चिमा देशहरूको उक्साहटमा लागेको दाबी गरेका छन् । पश्चिमा देशसँग आक्रोशित हुँदै आएका उनले अमेरिका तथा युरोपियन देशको पछि लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पार्दै गएको दाबी गरेका छन् ।
इन्डोनेसियामा जारी जी–२० का देशहरुको सम्मेलन चलेका बेला मस्कोमा सांसदहरुको भेलालाई सम्बोधन गर्दै पुटिनले युक्रेनविरुद्ध आक्रोश व्यक्त गरेका हुन् । अमेरिका र पश्चिमा देशको उक्साहट आगामी दिनमा झनै कष्टदायी हुने पनि पुटिनले चेतावनी दिएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले जिद्धी गरेको पुटिनले आरोप लगाएका छन् । एकजना मान्छे मात्रै रहँदासम्म पनि पछि नहट्ने जेलेस्कीको जिद्दी युक्रेनी नागरिकको लागि त्रासदीपूर्ण भएको पुटिनको दाबी छ ।
गएको फेब्रवरी महिनाको अन्तिमदेखि रुसले युक्रेनमा आक्रमण थालेको थियो । युक्रेनमाथि हमला गरेसँगै पश्चिमा देशले रुसविरुद्ध कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई आर्थिक तथा सैन्य सामग्री सहयोग जारी राखेका छन् ।
प्रतिक्रिया