आइतबार, वैशाख २८, २०८२

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुन्छ’

नेपालखोज २०७९ असार २४ गते १७:११

काठमाडौं । आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताएका हुन् ।

कोभिडका कारण लामो समयदेखी रोकिएको प्रतियोगिता संचालन गरेर खेलकुद क्षेत्रमा देखीएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे । ‘यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता संचालन गर्ने छौं । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिनेछ’ मन्त्री गहतराजले भने, ‘मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।’

मन्त्री गहतराजले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठक बोलाएका हुन ।

बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागीता जनाउने छन ।

बैठकले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरु पारीत गरेको छ । मन्त्री गहतराजको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा ब्यवस्थापनका लागि कार्यकारी समिती गठन गर्ने, १४ वटा उपसमिती गठन गर्ने लगाएतका निर्णयहरु रहेका छन ।

प्रतिक्रिया