सोमबार, पुष ७, २०८२

रोटरी क्लब अफ गोंगबुले गर्यो वृक्षरोपण

नेपालखोज २०७९ असार २५ गते १५:२५

काठमाडौं । रोटरी क्लब अफ गोंगबुले शनिबार (आज) वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले तारकेश्वर नगरपालिका ६, बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षरोपण गरेको हो ।

वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिइन् । ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसात् गर्दै ५० वटा विभिन्न जातका बिरुवा रोपेको क्लबका अध्यक्ष महेश्वरमानसिंह बस्नेतले जानकारी दिए ।

वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सहभागिता थियो ।

प्रतिक्रिया