थपिए १०२ संक्रमित, संक्रमणमुक्त हुनेदर ९८ प्रतिशत
नेपालखोज
२०७९ असार २५ गते १६:५५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ५३९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार ७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ६०५ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३१ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ६५६ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४३ हजार ५३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया