देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकोछ भने प्रदेश १ र वाग्मती प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै राति आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया