शनिबार, वैशाख २७, २०८२

मोटरसाइकल दुर्घटनामा खनालको मृत्यु

नेपालखोज २०७९ असार २६ गते ८:५८

झापा । बिर्तामोड-शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम नगरपालिका ५ का २६ वर्षीय कुमार खनाल रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा.४२प १२८ नम्बरको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

दुर्घटना घट्यो, मृत्युदर बढ्यो !

दुर्घटना र मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया