सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर
नेपालखोज
२०७९ असार २६ गते १२:१०

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ, भने स्थिर रहेको छ । छापावाल सुन प्रतितोला २ सयले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ २ सयले बढेको छ । आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९४ हजाज १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी पनि प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया