शुक्रबार, वैशाख १२, २०८२

राष्ट्र बैंकद्वारा पुनः २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ असार २६ गते १५:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असार २८ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको ६ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँबराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज २५ गते, २०७९ पुस २६ गते र २०८० असार २६ गते तोकिएका छन् । यसअघि यही असार २० गते पनि राष्ट्र बैंकले १८ अर्ब एक करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया