आइतबार, वैशाख २८, २०८२

आईसीसी विश्वकप लिग टू : नेपालले आज नामेवियासँग खेल्ने

नेपालखोज २०७९ असार २७ गते ६:५१

काठमाडाैं । आईसीसी विश्वकप लिग ‘टू’ अन्तर्गतको एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज नामेवियासँग खेल्दै छ । यो सिरिज अन्तर्गतको खेलका लागि नेपाली टिम अहिले स्कटल्याण्डमा रहेको छ ।

नेपालले स्कटल्याण्ड र नामेवियासँग दुई/दुईवटा एक दिवसीय खेल्ने छ । पहिलो खेलमा नामेवियासँग खेल्दै नेपाली टिमले प्रतियोगिताको सुरुवात गर्दैछ ।

नेपाल र नामेवियाबीचको खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । नामेवियाले पहिलो खेलमा स्कटल्याण्डसँग पराजय भोगेकाले नेपालविरुद्ध जीत निकाल्ने लक्ष्यमा रहँदा नेपाल पनि सिरिजमा पहिलो खेलमै जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छ ।

प्रतिक्रिया