आइतबार, वैशाख २८, २०८२

इंग्ल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टीमा भारत पराजित

नेपालखोज २०७९ असार २७ गते ७:४१

काठमाडाैं । इंग्ल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टी खेलमा भारत १७ रनले पराजित भएको छ । हारसँगै भारतले तीन खेलकाे सिरिज दुई एकले हारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १५ रन बनाएको थियो ।

इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ७७ रन बनाए भने लियाम लिभिङस्टोनले अविजित ४२ रन बनाए । तीन खेलकाे सिरिजमा भारत पहिलो खेलमा ५० रन र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो ।

प्रतिक्रिया