सवारी साधनमा लेखिएका विभिन्न भनाइहरु हटाउने वा मेट्ने कार्यकाे ओरेकले गर्‍याे स्वागत

नेपालखोज २०७९ असार २७ गते ९:२०

काठमाडाैं । ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरु हटाउने वा मेट्न कार्यकाे महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले स्वागत गरेकाे छ ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरु हटाउने वा मेट्न लगाउने गरी अभियान सञ्चालन गरेको उक्त पहललाई स्वागतयाेग्य रहेकाे जनाएकाे हाे ।

ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरु प्रति ध्यानाकर्षण भई उक्त कार्यलाई हटाउने वा मेट्न लगाउने गरी अभियान सञ्चालन गरेको थियाे ।

‘महिला, बालबालिका,सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी लेखिएको कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री तथा अश्लील र द्विअर्थी भनाइहरू प्रसारित गर्नु महिला तथा किशोरीहरुमाथि हुने हिंसा हो’, विज्ञप्तिमा भनिएकाे छ

‘महिलालाई मनोरञ्जनको साधनको रुपमा लिने, महिलाको शरीर तथा यौनिकतलाई नियन्त्रण गर्ने पितृसत्तात्मक सोचका कारण कानुनविपरीत गरिएका यस्ता कार्यहरुले स्वतन्त्र, सुरक्षित र हिंसा रहित वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित गरिएको छ ।’

ओरेकले आफ्नो स्थापना कालदेखिनै महिला तथा किशोरी माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यताका साथ महिला हिंसा विरुद्धको अभियान संचालन गर्दै आएको छ । महिला तथा किशोरीहरुमाथि सार्वजनिक यातायातमा इच्छा विपरित हरेक यौनिक गतिविधिहरु जस्तै आफुलाई असहज लाग्ने छुवाइ, हेराई, हाउभाउ, जिस्काउने, आँखा झिम्काउने, अशलील शब्द प्रयोग गर्ने, सार्वजनिक यातायातमा भाडा लिँदा वा दिँदा महिलालाई जथाभावी छुने, यौनजन्य सामाग्री देखाउने, बलात्कार र बलात्कारको प्रयास गर्ने जस्ता गतिविधिहरु हुने गरेका छन् ।

प्रतिक्रिया