महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंकले माउन्ट केटू आरोहण समूहलाई सम्मानित गरेको छ ।
बैंकले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार)मा सफलता पूर्वक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन गरेको हो ।
आज (शुक्रबार) बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदरस्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका छन ।
कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया