मंगलबार, असार १७, २०८२

१६८ जनामा कोरोना, ७७० सक्रिय संक्रमित

नेपालखोज २०७९ असार २७ गते १६:५६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार १८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ७७० जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३७ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ७२४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३५ हजार ४०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया