चारवटा प्रदेशकाे एक/दुई स्थानमा भारी वर्षाकाे सम्भावना 

नेपालखोज २०७९ असार २८ गते ६:२५

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथता माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ  भने प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ  भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया