आइतबार, वैशाख २८, २०८२

खराब ब्याटिङका कारण नामिवियासँग नेपालको लज्जास्पद हार

नेपालखोज २०७९ असार २८ गते ६:५३

काठमाडाैं । खराब ब्याटिङका कारण स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले नामिबियाविरुद्धको पहिलो खेलमा ४० रनले पराजीत भएको छ ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा एक सय ८० रनमा अल आउट भयो । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले दुई सय २१ रनको लक्ष्य पाएको थियाे । ७.१ ओभरमा ३० रन भएका बेला आशिफ शेल पभेलियन फर्किएपछि नेपालको विकेट पतन सुरु भएको थियो ।

नेपालका लागि आरिफ शेखले ५० रनको अर्धशतकीय पारी खेलेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । यो खेलबाट नेपालका लागि डेब्यु गरेका बसिरले पनि एक विकेट लिए उनले सात ओभर तीन बलमा मात्र १८ रन दिएर एक विकेट लिए ।

प्रतिक्रिया