मंगलबार, वैशाख ४, २०८१

माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन टुंग्याउने जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिइयाे

नेपालखोज २०७९ माघ १७ गते १७:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुलाई दिइएको छ ।

मंगलबारको पदाधिकारी बैठकबाट कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजनबारे यस्तो निर्णय लिइएको हो । पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

१२ माघमा सुरु भएको स्थायी समितिको बैठकबाट महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको थियो ।

उक्त कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेपछि कार्य विभाजनको ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको नेता पेशल खतिवडाले जानकारी दिए ।

उनले आजको बैठकले प्रतिवेदनमा केही परिमार्जन गरेको र अन्तिम निर्णय लिने जिम्मा बैठकबाट हुन नसकेको बताए ।

पदाधिकारी बैठक भोलि बुधबार १२ बजे बस्ने तय भएको छ । पदाधिकारीबाट कार्यविभाजन ठोस भएपछि त्यसलाई अनुमोदनका लागि स्थायी समितिको बैठक बस्नेछ । अनुमोदन भएपछि संगठन विभागले कार्यन्वयनमा लैजाने प्रावधान छ ।

प्रतिक्रिया