शुक्रबार, पुष ४, २०८२

चलचित्रकर्मीले बालेनलाई भने- चुनावका वाचा पूरा गर

नेपालखोज २०७९ असार २८ गते १५:३८

काठमाडौं । काठमाडौं महानगरकाका मेयर बालेन्द्र साह (बालेन) र चलचित्रकर्मीबीच मंगलबार भेटवार्ता भएको छ । मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर छलफल गरेका थियो । चलचित्रकर्मीहरुले मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे । छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत सहभागी थिए ।

प्रतिक्रिया