नेपाल टी-ट्वान्टी लिगले पायाे आईसीसीको मान्यता
नेपालखोज
२०७९ असार २८ गते २०:३३

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको टी-ट्वान्टी प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई आईसीसीले मान्यता दिएको छ । मंगलबार क्यानले एक प्रेस विज्ञप्तीमार्फत टी-ट्वान्टी प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई आइसीसीले मान्यता दिएको जानकारी गराएको हो ।
नेपाल क्रिकेट संघ क्यानले आफ्नो ड्रिम प्रतियोगिताका रुपमा लिएको नेपाल नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण यही असोज ८ देखि कार्तिक ५ गतेसम्म काठमाण्डौंमा संचालन गर्ने तयारी क्यानले गरेको छ । नेपाल टी-ट्वान्टी लिगको आयोजना तथा व्यवस्थापनको जिम्मा भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टसलाई जिम्मा दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया