आइतबार, वैशाख २८, २०८२

आईसीसी लिग ‘टू’ : पहिलो जितको खोजीमा नेपाल 

नेपालखोज २०७९ असार २९ गते ९:३६

काठमाडाैं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दै छ । 

नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरुहुने खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्ने छ ।  पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको नेपाल स्कटल्याण्डविरुद्ध जित निकाल्ने लक्ष्यमा रहने छ ।

पहिलो खेलमा ब्याटिङ नचल्दा पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । तर, स्कटल्याण्ड भने लगातार दोस्रो जीतको खोजिमा रहने छ ।

पहिलो खेलमा नामिबियाले स्कटल्याण्डमाथि जित दर्ता गरेको थियो । लिग टूको जारी सिरिज खेल्नुअघि पाँचौं स्थानमा रहेको नेपाल पहिलो खेलमा नामिबियासँग पराजित हुँदा छैटौं स्थानमा पुगेको थियो ।    

प्रतिक्रिया