उपसभामुखको निर्वाचन शुक्रबार हुने
नेपालखोज
२०७९ असार २९ गते १६:१६

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।
नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिए ।
सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने र ३१ गते शुक्रबार दिउँसो ३ बजे सभाको बैठकमा निर्वाचन हुने जनाइएको छ ।
सम्बन्धित








प्रतिक्रिया