शनिबार, जेठ ५, २०८१

प्रभु इन्स्योरेन्सको विशेष साधारणसभामा हकप्रद सेयर र मर्जरको प्रस्ताव

नेपालखोज २०७९ असार २९ गते १६:४२

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले तीनकुनेस्थित केन्द्रीय कार्यालयमा विशेष साधारणसभा गरेको हो ।

साधारणसभाले कम्पनीको चुक्ता पुँजी वृद्धिका लागि भविष्यमा कुनै पनि निर्जीवन बिमा कम्पनीहरूसँग आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्न सक्ने तथा आवश्यकताअनुसार हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्न सक्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी निर्णय गर्न, सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल/अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया