शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैकले ५० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने

नेपालखोज २०७७ माघ ७ गते १९:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैककाअनुसार माघ आठ गते अर्थात बिहिबार अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि २८ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७७ फागुन छ गते तोकिएको छ । राष्ट्र बैंककाअनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने छन ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया