स्कटल्याण्डविरुद्ध नेपालको सहज जीत

काठमाडाैं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेकाे छ । नेपालले बुधबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि ५ विकेटको विजय हासिल गरेको हाे
पहिलो खेलमा नामेवियासँग पराजित भएको नेपालले आज स्कटल्याण्डलाई पराजित गरेसँगै अंक तालिकामा २ अंक थप्न सफल भयो । यो सँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले १८ खेलबाट १७ अंक बनाएको छ ।
स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ४२.५ ओभरमा अल आउट गर्दै १४४ रनमा रोक्न सफल भएको थियो । धर्मराएको स्कटल्याण्डको पारिलाई नवौं नम्बरमा ब्याटिङका लागि मैदान आएको गाभिन मेनले उकासेका थिए ।
सुरुदेखि नै दवाबमा आएको पारिलाई गाभिनले अर्धशतकीय पारि खेल्दै उकासेका हुन् ।
प्रतिक्रिया