सोमबार, पुष ७, २०८२

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलबीच मर्जर सम्झौता

नेपालखोज २०७९ असार ३० गते १४:१९

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबिच मर्जर सम्झौंता भएको छ । बिमामा सम्बन्धी प्रचलित ऐन र वीमा समितिबाट जारी गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने सम्वन्धी निर्देशिका, २०७६ (संशोधन सहित) तथा बिमा समितिको निर्देशन अनुसार गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आज (बिहिबार) दुवै कम्पनीका प्रमुखहरुले मर्जर सम्वन्धी सम्झौंतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा सगरमाथा इस्योरेन्स कम्पनीको तर्फबाट मर्जर समितिका संयोजक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट मर्जर समितिका संयोजक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया