अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ९० पैसा र बिक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ २२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९७ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया