सोमबार, पुष ७, २०८२

विम्बल्डन २०२२ मा ओप्पो ब्रेक-थ्रु इन्स्पिरेसनको अवार्ड कार्लोस अल्काराजलाई !

नेपालखोज २०७९ असार ३१ गते १८:३०

काठमाडौं । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा, द अल इंग्ल्यान्ड लन टेनिस क्लब र ओप्पो (लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनर) ले १५ दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएका छन् । टेनिस स्टारहरूको अर्को पुस्तालाई मात्र नभई स्ट्यान्ड र घरमा रहेका फ्यानहरूलाई पनि प्रेरणा दिनेहरूलाई हेर्दै, आज अनावरण गरिएको ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता- कार्लोस अल्काराज बनेका छन् ।

टेनिसमा सबैभन्दा रोमाञ्चक युवा खेलाडीमध्ये एकका रूपमा सम्मानित, १९ वर्षीय खेलाडीले यस वर्ष चार एटीपी एकल उपाधि जितेका छन् र हाल विश्वमा उनको करियर उच्च स्थानमा छ ।

ओप्पोको नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सँग जोडिएको, यस वर्षको अवार्डले टेनिस प्रतिभाको शिखरमा रहेका ती खेलाडीहरूकोे कठिन प्रयासलाई पहिचान गर्न केन्द्रित भएको छ । उत्कृष्टको बिरूद्ध प्रतिस्पर्धा गर्नु संघर्ष र प्रतिकूलताको साथ आउँदछ, र अवार्ड च्याम्पियन जसले लगनशील र सकारात्मक दृष्टिकोणका साथ उत्कृष्ट प्रदर्शन गरेका छन् । ओप्पोका उपप्रमुख तथा ओप्पो ग्लोबल मार्केटिङका प्रमुख विलियम लिउले भने, ‘इन्सिपिरेसन अहेड को अर्थ हो हामी अगाडि बढ्दै गर्दा आत्मविश्वास र शालीनता देखाउनु । यसले हामीलाई अप्ठ्याराहरुलाई बहादुरी र स्थिरतालाई तोड्दै दृढ र सुन्दर रहन प्रोत्साहन दिन्छ । खेलकुदहरुमा सहभागी हुनु ओप्पोको लागि पारस्परिक रूपमा प्रेरणादायी भावना व्यक्त गर्न टेक्नोलोजीको नवीन अनुभव हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरूसमक्ष पुर्याउन एक उत्तम माध्यम बनेको छ ।’

विम्बल्डनका प्रसारण संवाददाताहरूको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टेनिस स्टारहरूबाट छनोट भएका थिए । ओप्पो ब्रेक थ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताज लगाउने दौडमा अन्तिम विजेता कार्लोस अल्काराजसँगै जाननिक सिन्नर, तातजाना मारिया र हार्मोनी ट्यान थिए । विश्वभरका फ्यानहरूसँग ८ जुलाईमा मतदानको समापनसँगै प्रतिस्पर्धामा सबैभन्दा बढी प्रेरित गर्ने टेनिस खेलाडीलाई मतदान गर्ने अधिकार थियो ।

नयाँ आधार तोड्नु र विश्वभरका मानिसहरूलाई प्रेरणा दिनु ओप्पोको मुख्य विशेषता हो । ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्डले ती मूल्य मान्यतालाई आत्मसात गर्ने टेनिस स्टारहरूलाई स्वीकार गरेको यो नैतिकताको उदाहरण हो । विम्बल्डनको सेन्टर कोर्टको एक्लेक्टिक १०० वर्षको विरासतलाई निरन्तरता दिन भविष्यका टेनिस स्टारलाई प्रेरणा दिने मार्ग हो, यसलाई विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको रूपमा मान्ने गरिएको छ ।

ओप्पोको बारेमा :
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन ‘स्माइली फेस’ लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयका लागि बजारमा विभिन्न स्मार्ट उपकरणहरु ल्याइरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो प्लसजस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरका ग्राहकहरूको लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।

विम्बल्डनबारे
च्याम्पियनसिप, विम्बल्डन, चार टेनिस ग्रान्ड स्लाम मध्ये सबैभन्दा पुरानो र घाँसे मैदानमा खेलिने एक मात्र खेल हो । द अल इंग्ल्यान्ड लन टेनिस क्लबद्वारा व्यवस्थित र क्लबको मैदानमा मन्चन गरिएको, विम्बल्डनले सन् १८६८ मा निजी सदस्यहरूको क्रोकेट क्लबको रूपमा आफ्नो उत्पत्तिबाट विश्वको वार्षिक खेलकुद मध्य सबैभन्दा ठूलो र सबैभन्दा सम्मानित ब्रान्डहरुमध्ये एकको रुपमा विकसित भएको छ ।

प्रतिक्रिया