सात राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७९ असार ३१ गते १९:५९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

शपथ लिने राजदूतमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), वासुदेव मिश्र (श्रीलंका), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्रसंघको कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बंगलादेश) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया