आईसीसी लिग टू : नेपालले आज नामिबियासँग खेल्ने
नेपालखोज
२०७९ असार ३२ गते ९:३६

काठमाडाैं । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग ‘टू’ क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज नामेवियासँग खेल्दै छ ।
यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरुहुने छ । नेपाल नामेवियासँग पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध ऐतिहासिक जीत निकाल्न सफल भएको थियो ।
नामेविया स्कटल्याण्डसँग दुवै खेलमा पराजित रहेको छ । नेपाल अहिले लिग तालिकाको पाँचौं तथा नामेविया छैटौं स्थानमा रहेको छ । सिरिजको अन्तिम खेलमा नेपालले भोलि आइतबार स्कटल्याण्डसँग खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया