शनिबार, वैशाख २२, २०८१

२,००९ अंकमा पुग्यो नेप्से, सातामा ९ अर्ब ९४ करोड ५९ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असार ३२ गते ११:४१

काठमाडौं । यो साता नेप्से दुई हजार नौ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ९१ अंकमा पुगेको छ ।

सातामा दुई सय ३१ कम्पनीको एक लाख ६९ हजार चार सय ५७ पटकको कारोबारमा दुई करोड ७३ लाख ३१ हजार सात कित्ता सेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम नौ अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय ३४ कम्पनीहरूको दुई लाख ५९ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता सेयर किनबेच भएका थिए । जसबाट कुल कारोबार रकम १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौ सय २६ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन मात्र खुला थियो । सोमध्ये पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो भने दोस्रो दिन घटेको थियो । तेस्रो, चौथो, पाँचौं र छैटौं दिन भने नेप्से लगातार बढेको थियो ।

जसमध्ये दोस्रो दिन ७७ दशमलव एक अंकले घटेर एक हजार नौ सय १५ दशमलव ६१ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन सात दशमलव ९३ अंकले बढेर दुई हजार नौ दशमलव ४६ अंकमा पुग्न सफल भएको थियो । यसबीचका दिनहरूमा नेप्से लगातार बढेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन १३ दशमलव तीन अंकले घटेर तीन सय ६६ दशमलव ८६ अंकमा खुम्चिएकामा अन्तिम कारोबार दिन दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ अंकमा चढ्न सफल भएको थियो । यसबाहेकका बाँकी दिनमा पनि सेन्सिटिभ इन्डेक्स लगातार बढेको थियो ।

यो साता नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएका छन् भने सेयर कारोबार भएको संख्याका आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी अगाडि परेका छन् ।

यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया