सोमबार, वैशाख ३१, २०८१

ममै लयबद्ध हुन्छन्

तिर्थ श्रेष्ठ २०७९ फागुन २० गते ७:१६

लहरलाइ भ्रमले छोपे पछि
भन्ठान्छ-सागरको सौन्दर्य मै हुँ
सागरलाइ थाहा छ
लहरहरु म बाटै उठछन
र ममै लयबद्ध हुन्छन

मान्छेले आफन्त स्पर्श खोज्न
हात फैलाए झैं
सागरले पनि जब
उसको नभएको हात फैलाउँछ
लहरहरु देखा पर्छन
आफूलाई अस्तित्वको विराटताको अंश
नमानेर छुट्टै सत्ताको खोजीमा हिंडने मान्छे जस्तै
लहर म सागर होइन जस्तो गरि उत्तालिएकै क्षण
सागरमा लयबद्ध हुन्छ

लहरलाइ भ्रमले छोपे पछि
भन्ठान्छ -सागरको सौन्दर्य मै हुँ
सागरलाइ थाहा छ
लहरहरु मबाटै उठछन
र ममै लयबद्ध हुन्छन ।

तीर्थ श्रेष्ठ

तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।

प्रतिक्रिया