बिहीबार, वैशाख २०, २०८१

नेपाली बजारमा ओप्पो ‘ए’५७ र ओप्पो ‘ए’७७ आउँदै

नेपालखोज २०७९ साउन १ गते ११:३५

काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्डओप्पोले नेपालमाओप्पो ए५७ र ओप्पो ए ७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । यी दुई नयाँ स्मार्ट फोनले लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथभरपर्दो र टिकाउ छन् । यी फोनको कार्य क्षमता मनोरञ्जनका साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन् ।

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरीजमाआधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजकोे तुलनामाकेहीसुधारहरू गरिएका छन् । यसमाप्रिमियम टुडी डिजाइन र फ्ल्यागसिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजीप्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमायो एक मात्रस्मार्टफोन हो । यस मोडेलहरुमाभरपर्दो गुणस्तर रगोपनीयता संरक्षणगर्ने सफ्टेवेयरहरु पनि राखिएको छ ।

कम्पनीले नेपालमाओप्पो ए७७र ओप्पो ए५७को लागि सार्वजनिकगर्ने मितितोकेको छैन, यद्यपि यो फोन चाँडै सार्वजनिक हुनेछ । कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरूमार्फत यसको फिचर्स र स्पेकहरुबारे जानकारी दिनेछ ।

ओप्पोको बारेमा :
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ माआफ्नो पहिलो मोबाइलफोन- ‘स्माइली फेस’ लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयका लागि बजारमा विभिन्न स्मार्ट उपकरणहरु ल्याइरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथरहेका स्मार्ट उपकरणहरूबाहेक कलर ओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड रओप्पो प्लसजस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो ६० भन्दा बढी देश र क्षेत्रमा सक्रिय छन् । ओप्पोका ४०,००० भन्दा बढी कर्मचारी विश्वभरका ग्राहकका लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।

प्रतिक्रिया