शनिबार, जेठ ५, २०८१

सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे

नेपालखोज २०७९ साउन १ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया